बग्दैछ समय, नदीको पानीझै,
स्थिर छ ढुङ्गा, पानी मुनीनै,
संसार हतारिदैछन्, छट्पटीने माछाझै,
म भने स्थिर छु, पर्खाइमा उसकै,
कहाबाट आको थ्यो? कता तिर जाँदैछ?
आफ्नो गन्तव्यमा पुग्छकी, किनारामै सुक्दैछ?
हिजोको हिम-नदी त्यो, आज यहा बग्दैछ,
यात्रामै हराउँदैछ की? सागरमा नी पुग्दैछ,
बद्लिए यहा ऋतु सारा, वरिपरी कै,
फूलिसके फूलहरू, सबै तिर नै,
मरुभूमिमा छाइसके, हरियाली नै,
म ढुङ्गा रहिरहे, खरेडिमा नै,
छैन सुन्दरता मेरो, न-त सिप नै,
परिस्थितिले पार्यो बन्दि, बनेछु अचल नै,
ढुङ्गा हो म कठोर छु, नसम्झिनु कतै,
मात्र ज्वाला सेलिएको हु, जिउने आशा सगै,
साझाबाट फालिएको, मनबाट निकालिएको,
पहाडबाट टुक्रिएको, सानो एउटा टुक्रा न हु,
भिरबाट गुडलिदै, छाल सगै बज्रिदै,
बाढीसँगै बगि आको, एउटा सानो ढुङ्गा त हु,
त्यही सान्त-खुला, मौसम सगै,
घामको न्यानो-मायामा पग्लिदै,
बगि आएको नदी बोल्दै,
भन्छ, म किन स्थिर छु अझै?
ए मित्र हाम्रा, कथा बेग्लै-नै,
तिम्रा जीवन, सुखी रहोस्,
बोकि दिन्छु तिम्रा दबाब सबै,
तिम्रा यात्रा, सरल रहोस्,
म स्थिरनै रहन्छु, कसैको पर्खाइमा,
मलाई बाढी-पहिरोले, फेरि बगाओस्,
फेरि सताओस, म सहि दिउला,
सागर पुग्दाको, जीवन देखाओस्,
जीवन यस्तै नै, रहेछ मित्र,
ढिलो-चाडो, को खेल सगै,
भेट होला पछि सागर भित्र,
भेटौ किनारामा छाल सगै,
बालुवा बनि, बिल्छु सायद,
यहा समय सँगै, टुक्रिदै छु,
एक-फेर सागर देख्न पाउँछु होला,
अहिले भने, उसकै पर्खाइमा छु।
This poem has not been translated into any other language yet.
I would like to translate this poem