असलताको मूर्खता Poem by Samir Limbu

असलताको मूर्खता

अर्थ बिनाको शब्द हुँदैन,
र मसी बिनाको कलम भए म।
सानो साँघुरो, र अप्ठ्यारो पानामा,
कालो अक्षरले रचिदै गए म।

रहरहरू सबै हराइ सकेछन्,
आसाहरू सबै मारिसके।
आफ्नाहरू सबै पराई भएछन्,
आज आफ्नै भरमा बाच्न सिके।

यहा झूटो बोल्ने बाठो भनिन्दो,
संसारलाई झूटो बनाई सके।
यहा साचो बोल्ने लाटो गनिन्दो,
सत्यको सत्यतालाई मारिसके।

यहा सुख दिनेले दूख पाउछ,
र भरोसा गर्नेले धोका।
यहा छल गर्नेले बिजय पाउछ,
र असलताले मूर्खता।

असलताको मूर्खता
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success